नेपाल सरकार
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
      सुदुर पश्चिमांचल क्षेत्रीय स्वास्थ्य निर्देशनालय

जिल्ला स्वास्थ्य कार्यालय,दार्चुला

कार्यालय प्रमुखको तर्फबाट










जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाले पहिलो पटक Website साईट निर्माण गरि कार्य संचालन गर्ने सुरुवात गरिएको छ । २१ औ सताव्दीको वर्तमान परिवेशमा सूचना प्रविृिधको विशेष महत्व रहेको अवस्थामा यस कार्यालयबाट पहिलो पटक Website खोलि यस कार्यालयका तथा मातहतका स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिएका सम्पुर्ण सेवा, कार्यक्रमहरु तथा भविष्यमा संचालन गरिने कार्यहरुको योजना, स्वास्थ्य सँग सम्वन्धित प्रमुख सुचकहरु ,स्वास्थ्यका दिर्घकालिन योजना एवं महत्वपुर्ण सुचनाहरु राख्ने प्रयास गरिएको छ र साथै समय सापेक्ष सुचना तथा अन्य गतिविधिहरु समेतलाई अध्यावधिक गर्दै लैजाने योजना समेत रहेको छ । यस Website मा राखिएका महत्वपुर्ण सुचना एवं तथ्यांकहरुको प्रयोग गर्ने प्रयोगकर्ताहरुको अमुल्य सल्लाह सुझावले यस कार्यलाई अझै प्रभावकारी बनाउनेछ भन्ने अपेक्षाका साथ मैले आशा र विश्वास लिइएको छु । यस Website निर्माण कार्य गर्नका लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो अमुल्य सल्लाह सुझाव एवं समय दिई व्यवस्थापन पक्षमा सहयोग गर्नु हुने सवै फाँट प्रमुखहरु तथा अन्य सम्पुर्ण कर्मचारीहरुलाई स धन्यवादका साथ आभार प्रकट चाहन्छु र साथै यस कार्यका लागि प्रविधिक सहयोग गरिदिने विट फाईन्डर आई.टि शोलुसन धनगढी कैलाली लाई समेत धन्यवाद दिन चाहन्छु । 
                                                                             डा. रविरञ्जन साह 
                                                                              नि.मे.सु.  







जिल्ला स्वास्थ्य कार्यालय, दार्चुलाले यहाँका मानिसको आर्थिक अवस्था र उनीहरुको जिवनस्तरलाई पनि मध्यनजर राख्दै जटिल किसिमका स्वास्थ्य उपचार सेवा पनि यही स्वास्थ्य कार्यालय प्रदान गर्नका लागि सधै तत्पर रहने हाम्रो प्रण हो । जसका लागि यहाँबाट प्रदान गरिने सेवाहरुको स्तर हिजोभन्दा आज र आजभन्दा भोली क्रमिक रुपमा सुधार हुनु जरुरी हुन्छ । यहाँका राजनीतिक दल तथा नागरिक समाज, स्थानिय बुद्धिजिवी सवैको साझा प्रयासले यस जिल्लामा जिल्ला स्वास्थ्य कार्यालय स्थापना भएको हो ।


                                                                                            हर्क सिहं बिष्ट
                                                                                                  अध्क्ष्य







अध्क्ष्य को भनाइ