नेपाल सरकार
     स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
      सुदुर पश्चिमांचल क्षेत्रीय स्वास्थ्य निर्देशनालय

जिल्ला स्वास्थ्य कार्यालय,दार्चुला



अल्पकालीन उदेश्यहरु
  स्वास्थ्य संस्थाहरुबाट सञ्चालित कार्यक्रमहरुको लक्ष्य प्रगतिहरुको वस्तुस्थिति थाहा पाउने।
कार्यक्रम सञ्चालन गर्दा देखिएका कमीकमजोरीहरु पहिचान गरी सुधार तथा समस्या समाधानको उपाय खोज्ने ।
आगामी कार्यक्रम सञ्चालनका लागि योजना तर्जुमा गर्ने ।
संस्थाले गरेकोे अनुकरणीय कामको साटासाट गर्ने।


दिर्घकालीन उदेश्य::
जिल्लास्तरमा स्वास्थ्य सम्वन्धी आवश्यक सूचना, सामाग्री, विवरण समेटिएको प्रतिवेदन तयार गर्ने
जिल्ला भित्र सेवा प्रवाह र उपभोगका दृष्टीले पछाडी परेका बर्ग, क्षेत्रहरु र सेवा प्रवाहमा सुधार गर्नु पर्ने स्वास्थ्य संस्था पहिचान गरी नक्साङ्कन गरेर राख्ने ।
सवै जिल्लाहरुको प्रतिवेदन नेपाली (देवनागरी) भाषामा प्रकाशन गरी एकरुपता कायम गर्ने । मुख्य मुख्य विषय सूचि समेतमा एकरुपता ल्याउने ।
जिल्लामा सवै कार्यक्रम सञ्चालन गर्ने जिम्मेवार व्यक्तिहरुसंग समन्वय गरी सहभागितात्मक रुपले प्रतिवेदन तयार गर्न व्यवस्था गर्ने ।
प्रतिवेदन छपाई गरी विभिन्न निकायहरुमा वितरण गर्ने र विद्युतीय ढाँचामा तयार गरी वेभसाइटमा राख्ने ।

गोष्ठीको उद्देश्य:

जिल्ला भित्रका स्वास्थ्य संस्थाहरुमा संचालन भएका स्वास्थ्य कार्यक्रमहरु गत २ आ.ब. को तुलनामा यस आ.ब.को प्रगति अबस्थाको समिक्षा गर्ने ।
संचालित कार्यक्रमले समग्र क्षेत्रका बासिन्दा र विशेष गरी महिला तथा बञ्चितमा परेका समुदायहरुलाई उपलब्ध स्वास्थ्य सेवाको उपभोगको अवस्था, उनिहरुले सेवा उपभोग गर्न भोग्नु परेका बाधा अवरोधहरु पत्तालगाई तिनीहरुलाई संबोधनका लागि रणनीति तयार गर्ने ।
कार्यक्रम संचालनमा देखिएका कमि कमजोरी पहिचान गर्ने र सुधार गर्नु पर्ने वुदाँहरु पत्ता लगाई लक्ष्य प्राप्ती सम्म पुग्ने मार्ग पहिचान गर्ने ।
आगामी आर्थिक बर्षको योजना तर्जुमाका लागि प्राथमिकता क्षेत्र पहिचान गर्ने ।

  

उदेश्यहरु